आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैनः स्वास्थ्य मन्त्रालय

काठमाडौं – वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने बताएको छ ।

हाल नेपालमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुका साथै कोरोना संक्रमित भेटिएको क्षेत्रमा र्‍यापिड टेष्ट गर्ने गरिएको छ । ५ चैतमा बेलायतबाट आएका आमाछोरामा सोमबार कोरोना संक्रमण देखिएपछि पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई सय ९८ जनाको र्‍यापिड टेष्ट गरिएको थियो । तर, ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य मन्त्रालयले भने आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको सम्पर्क भएको एक हप्ता पुगेको छैन भने एक हप्तापछि पुनः आरडीटी गराउनुपर्ने बताएको छ । संक्रमित व्यक्तिको सम्पर्कमा रहेकाहरुको आरटी पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्