सलमानको भाइ अरबाज र शुराको कसरी प्रेममा परे र बिबाहमा पुगे ?

मुम्बई, १० पुस । अभिनेता अरबाज खानले २४ डिसेम्बरमा शुरा खानसँग विवाह गरे पछि  यसका बारेमा धेरै कोणबाट बहस चलिरहेको छ ।

 

उनले आफ्नी बहिनी अर्पिताको घरमा नजिकका साथीभाइ र परिवारका बीचमा सो विवाह गरेका हुन् । बिहेपछि अरबाज खानले आफ्नो नयाँ दुलहीसँगको तस्विर पनि सेयर गरेका छन्, जुन सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

 

अब यस्तो अवस्थामा फ्यानहरु जान्न चाहन्छन् कि आखिर को हुन शूरा  ? र उनीहरुको प्रेम कहानी कसरी सुरु भयो ? त्यसो भएका कारण हामी तपाईंलाई अरबाज र शुरको प्रेम कहानी सुनाउँछौं।

 

शुरा खान एक सेलिब्रेटी मेकअप आर्टिस्ट हुन्। उनी रविना टण्डन र उनकी छोरी राशा थडानीको प्रोफेशनल मेकअप आर्टिस्ट पनि हुन्। यसबाहेक उनले टिभि अभिनेत्री टिना दत्तका लागि पनि काम गरिसकेकी छिन् । इन्स्टाग्राममा शुरका १३.२ हजार फलोअर्स छन् । यसअघि शुराको एकाउन्ट सार्वजनिक थियो तर अरबाज खानसँगको बिहेको खबर आएपछि उनले आफ्नो एकाउन्ट गोप्य बनाएकी छिन् ।

 

उल्लेखनीय छ कि अरबाज खान शुराभन्दा १५ वर्ष जेठा छन् । यस बाहेक अभिनेताको शूरासँगको यो दोस्रो विवाह हो । यसअघि अरबाजले मलाइकासँग विवाह गरेका थिए । अरबाज र मलाईका दम्पतीबाछ ्एक छोरा अरहान पनि छन् । यस्तो अवस्थामा अरबाजसँग प्रेममा शुरा कसरी परिन ? भन्ने प्रश्न पनि उठिरहेको छ ।

 

वास्तवमा अरबाज र शुराको प्रेम कहानी सिल्वर स्क्रिनबाट सुरु भएको थियो । अरबाज र शुराको पहिलो भेट  ‘पटना शुक्ला’ को सेटमा भएको थियो । यो फिल्म अरबाजले निर्माण गरेका हुन् र यहीँबाट उनीहरुको प्रेम झांगिएको जनाइएको छ ।

 

अरबाज खान र शुरा खानको विवाहमा धेरै स्टारहरु सहभागी भएका थिए । रविना टण्डन, रितेश–जेनेलिया, फराह खान, सञ्जय कपूर, रिद्धिमा पण्डित, युलिया वन्तुरजस्ता धेरै स्टारहरूले आफ्नो उपस्थिति जनाएर सो बिबाहको जमघटलाई थप आकर्षण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्