शाहरुखको डंकीले पाँच दिनमा कमायो २११ करोड

मुम्बइ, १० पुस । शाहरुख खानको फिल्म  ‘डंकी’ सिनेमा घरमा धुम मचाइरहेको छ ।

 

यसै बर्ष रिलिज भएका शाहरूखको ‘जवान’ र ‘पठान’ जस्तै राजकुमार हिरानीको फिल्म ‘डंकी’ले पनि बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

 

राजकुमार हिरानीले निर्देशन गरेको डंकीलाइ दर्शकले निकै माया दिइरहेका छन । यही कारणले गर्दा ‘डङ्की’ लाई विश्वभर नै मन पराइरहेको छ । शाहरुख खानको फिल्मले बक्स अफिसमा सुस्त सुरुवात गरेपनि अन्ततः ‘डङ्की’लाई विश्वभर निकै मन पराउन थालिएको छ ।

 

डंकीले विश्वभर २०० करोडभन्दा बढी कमाइसकेको छ । यो जानकारी शाहरुख खान र गौरी खानको कम्पनी रेड चिली इन्टरटेनमेन्टले हालै सामाजिक सञ्जाल इन्स्टाग्रामबाट दिएको हो । रेड चिलीका अनुसार डङ्कीले विश्वभर हालसम्म २११.१३ करोड रुपैयाँ कमाइसकेको छ ।

 

डंकीमा शाहरुख खानसँगै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी र अनिल ग्रोवर जस्ता कलाकार मुख्य भूमिकामा छन् । डंकी गत २१ डिसेम्बरमा हलमा रिलिज भएको हो ।

 

उल्लेखनीय छ कि डंकीले पहिलो दिन भारतमा २९.२ करोड र विश्वभर ५८ करोड कमाएको थियो । दोस्रो दिन यो संख्या भारतमा २०.१२ करोड पुगेको थियो  भने डङ्कीले विश्वभर १०३ करोड कमाएको छ । तेस्रो दिन भारतमा यो संख्या २५.५ करोड पुगेको जनाईएको थियो ।

 

फिल्मको बजेट १२० करोड रहेको बताइएको छ । शाहरुख खानले पहिलो पटक राजकुमार हिरानीसँग फिल्ममा काम गरेका हुन् । राजकुमार हिरानीले मुन्ना भाई एनबीबीएस, ३ इडियट्स, पीके र सञ्जु जस्ता ब्लकबस्टर फिल्म बनाइसकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्