अमेरिकी रक्षा बजेट ८८६ बिलियन डलर पुग्यो

वासिङटन डिसी – अमेरिकाले बार्षिक सैन्य खर्च ८८६ बिलियन डलर पु¥याएको छ ।

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अमेरिकी रक्षा नीति विधेयकमा हस्ताक्षर गरे पछि अमेरिकी सैन्य खर्च सो बराबर पुगेको हो ।  अब अमेरिकाले बार्षिक सैन्य खर्चमा ८८६ बिलियन अमेरिकी डलर खर्च गर्ने अधिकार प्रदान गरेको छ ।

राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडिए) गत हप्ता कांग्रेस पारित गरेको थियो । अमेरिकी सिनेटले ८७ देखि १३ को बलियो द्वि–दलीय बहुमतका साथ कानूनलाई अनुमोदन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्