अबको साढे ३ वर्ष पछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्छ : अध्यक्ष धामी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले अबको साढे ३ वर्ष पछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
शनिबार दार्चुला सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष धामीले अबको साढे ३ वर्ष पछि केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् । वर्तमान गठबन्धन सरकारले दार्चुलाको भुगलको रक्षा गर्न नसकेको र नचाहेको बताउँदै अध्यक्ष धामीले व्यास गाउँपालिकाको छाङरुमा निर्माण गएको राष्ट्रिय स्तभको समेत वर्तमान सरकारले उद्घाटन गर्न आनाकानी गरेको आरोप लगाए । वर्तमान सरकारले उद्घाटन नगरेपनि अबको साढे ३ वर्ष पछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकार बन्ने र सोहि सरकारले राष्ट्रिय स्तभको उद्घाटन गर्ने बताए । पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले नेपाली काँग्रेसको आलोचना समेत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्