चट्याङ लागेर दार्चुलामा एक बालिकाको मृत्यु, घर पूर्ण रुपमा क्षति

गणेशसिंह धामी
दार्चुला – दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका– ६ तिखाधार बस्ने भद्र सिंह खातीकी ७ वर्षीया नातिनी लक्ष्मी खातीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । अन्य ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा राजेन्द्र खाती, अनिता खाती, सीतादेवी खाती, मन्जु खाती रहेका छन् । घाइतेहरुको अहिले गोकुलेश्वर अस्प्तालमा उपचार भइरहेको छ । चट्याङले घर पूर्ण रुपमा क्षति हुनुका साथै गोठमा रहेका दुहुनो गाई र गोरु मरेका छन् । घरभित्रका कपडा लगायतका अन्नहरुसमेत पुर्ण रुपमा नष्ट भएकाे छ । अहिले प्रहरीको टोली घटना स्थलमा पुगेको छ । क्षतिको यकिन विवरण आउन भने बाँकी छ । घरमा मंगलवार राती साढे ८ बजेतिर चट्याङ परेको हो । चट्याङले छिमेकी  जयदेब सिंह खातीको घरमा पनि सामान्य क्षती भएको छ भने अर्का छिमेकी दिपक खातीको पनि एक भैँसी मेरको जनाएको छ ।

तस्विर:गणेशसिंह धामी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्