अमेरिकामा कोरोनाबाट एकै दिन २४ सय बढीको मृत्यु, संक्रमितको संख्या ६ लाख नाघ्यो

अमेरिकामा मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को अवस्था गम्भीर छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्