सुदूरपश्चिममा –यापिड टेष्ट गरिएका तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ

कैलाली – सुदूरपश्चिममा अहिलेसम्म –यापिड टेष्ट गरिएका करिव तीन हजार जना सबैको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र सुदूरपश्चिमका अनुसार दुई हजार नौं सय ४१ जनाको –यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
केन्द्रकाअनुसार सबैभन्दा बढि प्रदेशको राजधानी कैलालीमा एक हजार ५२१ जनाको –यापिड टेष्ट गरिएको छ । यस्तै कञ्चनपुरमा ४१५, बैतडीमा १४२, दार्चुलामा ५८, डडेल्धुरामा ९, डोटीमा २७१, बझाङमा चार सय ६१, अछाममा १, बाजुरामा ६३ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालीन केन्द्रले जनाएको छ ।

यस्तै अहिलेसम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ७४ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अहिले प्रदेशका विभिन्न सातवटा अस्पतालमा १८ जनालाई आईसोलेसमा राखिएको छ । जसमा पाँच जना कोरोना संक्रमित छन् भने बाँकी १३ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको हो ।

उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै प्रदेशमा डोटीबाहेक अन्य आठ जिल्लामा एक हजार ८३ जनालाई विभिन्न क्वारेन्टाईनमा राखिएको छ । मंगलबार मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधि थप दुई सय २५ जनाको नमूना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले दिएको जानकारीअनुसार मंगलवार धनगढीमा स्थापना भएको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट दुई सय २५ जनाको नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सुदूरपश्चिम प्रदेशबाट नमूना संकलन गरी कोरोना परीक्षण थालिएको झण्डै दुई महिनामा हिजो सम्म ७५६ जनाको रिपोर्ट आएको थियो भने आज थप २२५ जनाको नमूना परीक्षण भएसंगै उक्त सङख्या बढेर नौं सय ८१ पुगेको छ ।

अहिलेसम्म पाँच जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ । केन्द्रले दिएको जानकारीअनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा आज सम्म पीसीआर प्रविधिबाट कोरोना परीक्षणकालागि दुई हजार ५२० जनाको नमूना संकलन गरिएको छ । अझै एक हजार ५ सय ३९ जनाको रिपोर्ट भने आउन बाँकी छ ।

गाेरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्