नयाँ वर्षको पहिलो दिन दार्चुलाको मालिकार्जुनमा विशेष रुद्राभिषेक पूजा

गणेशसिंह धामी
दार्चुला – दार्चुलाको मालिकार्जुनमा रुद्राभिषेक गरिएको छ ।
सोमबार नयाँ वर्ष २०७७ सालको अवसर पारि राष्ट्रको सातौँ धाम मालिकार्जुनमा विश्वभरीे महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संकट परास्त होस् भनी मालिकार्जुनमा रुद्राभिषेक गरिएको हो ।

शैल्य शिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी र मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिंह धामीले संयुक्त रुपमा विशेष रुद्राभिषेक पूजा गरेका हुन् । कुनै पनि संकट आउँदा भगवान मल्लिकार्जुनको पुजा गर्नाले संकट हराएर जाने जनविश्वासका आधारमा विशेष रुद्राभिषेक पूजा गरिएको नगर प्रमुख अमरसिंह धामीले बताए ।

परापूर्वकाल देखिनै कुनै पनि संकट आउँदा भगवान माल्लिकार्जुनको पूजा आजा गर्ने गरेको र त्यहि मान्यता अनुसार मालिकार्जुुन मन्दिरमा विशेष पूजा गरिएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले उपहार खबरलाई जानकारी दिए । विशेष पुजामा स्थानीय श्रद्धालु सहित मालिकार्जुनका मुखिया रुद्रसिंह धामी र भण्डारी तारा सिंह धामीको उपस्थिति समेत रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्