बागलुङमा र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको महिलामा कोरोनाको पुष्टि भएन

काठमाडौं – बागलुङमा आइतबार गरिएको ‍र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजिटिभ नतिजा आएको ६५ वर्षीय एक महिलाको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ आए पनि पीसीआरको पुनः परीक्षणमा नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिएका छन् ।

र्‍यापिड टेस्टमा नतिजा पोजेटिभ आएपछि ती महिलाको स्वाब कलेक्सन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा आएपछि स्वाब कलेक्सन गरेर राति नै पुनस् परीक्षणका लागि पोखरा पठाएका थियौं,’ उनले भने, ‘त्यहाँ गरिएको पीसीआर टेस्टले भने नतिजा नेगेटिभ देखायो ।’

जिल्लामा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि बाग्लुङमार्‍यापिड टेस्ट थालिएको थियो । आइतबार गरिएको ५७ जनाको टेस्टमा अन्यको नतिजा नेगेटिभ आएपनि ती महिलाको नतिजा पोजेटिभ देखिएको थियो ।

अनलाइनखबरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्