प्रविधिमैत्री शिक्षक समाज सुदूरपश्चिम प्रदेश तदर्थ समितिको अनलाइन प्रशिक्षण कार्यक्रम समापन, ४५ भन्दा बढी शिक्षकको सहभागिता

कञ्चनपुर – प्रविधिमैत्री शिक्षक समाज सुदूरपशिचम प्रदेश तदर्थ समितिले संचालन गरेको अनलाइन प्रशिक्षण कार्यक्रमको सोमबार समापन भएको छ ।

ोरोना भाइरसको कारण देश लकडाउन हुँदा समयको सदुपयोग गर्दै चैत्र २४ गतेबाट भिडियो मार्फत अनलाइन प्रशिक्षण कार्यक्रम सुरु गरेको थियो । प्रशिक्षणमा सुदूरपश्चिम तदर्थ समितका तर्फबाट धर्म सिंह भाट, पर्शुराम उपाध्यय, दुर्गा दत्त अवस्थी, रोशन उपाध्याय लगायतका प्रशिक्षकहरुले प्रशिक्षण गरेका थिए ।

प्रशिक्षणमा सुदूरपश्चिमका ९ वटै जिल्लाका ४५ जना भन्दा बढि शिक्षकहरुको सहभागिता रहेको थियो । अनलाइन प्रशिक्षण कार्यक्रममा सो अवधिभरी क्षेत्रीय तालिम प्रमुख चेतराज पन्त, प्राविधिक भीम पनेरु, सुदूरपश्चिम प्रदेश राष्ट्रिय परीक्षा बोर्डका प्रमुख उत्तमदेब विष्ट र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश अध्यक्ष नरबहादुर रावलले अतिथिको रुपमा अवलोकन गरेका थिए । प्रविधिमैत्री शिक्षक समाज केन्द्रीय अध्यक्ष भूपति वस्याल, उपाध्यक्ष नविन कँडेल, उपाध्यक्ष चन्द्रकला दवाडी, महासचिव देवीप्रसाद शर्मा, सचिव हरिहर दाहाल लगायतका केन्द्रीय पदाधिकारीहरुले कार्यक्रमको अवलोकन गरेको सुदूरपश्चिम तदर्थ समितका कोषाध्यक्ष महेशप्रसाद पन्तले उपहार खबलाई जानकारी दिए ।

२१ औँ शताब्दिमा कक्षाकोठालाई प्रभावकारी रुपमा संचान गर्न, बैज्ञानिक प्रणालिबाट विद्यालयको लेखा कार्यसंचालन गर्न, शैक्षिक प्रणालीलाई बैज्ञानिक रुपमा संचालन गर्न प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको केन्द्रीय उपाध्यक्ष चन्द्रकला दवाडी बताइन् ।

प्रशिक्षणले शैक्षणिक क्रियाकलापहरुलाई प्रविधिमैत्री बनाउन सयोग पुगेको र आगामी दिनहरुमा सुदूरपश्चिमका ९ वटै जिल्लाहरुमा यस्ता किसिमका कार्यक्रमहरु संचालन गरिने सुदूरपशिचम प्रदेश तदर्थ समितिका अध्यक्ष गंगाराम ओझाले बताए ।

सुदूपश्चिको प्रदेशको शैक्षिक प्रविधिको विकास र शिक्षकको पेशागत विकास गर्नका लागि आईसीटी सम्बन्धि ८ दिने अनलाईन तालिम संचालन गरिएको सुदूरपशिचम प्रदेश तदर्थ समितिका सचिव नवराज पन्तले जानकारी दिए ।

प्रविधिमैत्री शिक्षक समाज प्रविधिको क्षेत्रमा काम गेर्न उद्देश्यले गठन गरिएको संस्था हो । साथै छिट्टै नयाँ प्याकेज ल्याएर पुनः आईसीटि तालिम संचालन गर्ने सचिव पन्तले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्