हेलम्बुमा विशेष सुविधा सहितको बर्थिङ सेन्टर

सुशील सुवेदी
सिन्धुपाल्चोक – हेलम्बुको विकट गाउँमा सुविधा सम्पन्न बर्थिङ सेन्टरले महिलाहरु खुशी भएका छन । हेलम्बु ७ ईचोकमा भिडियो एक्सरे सहितको बर्थिङ सेन्टरबाट सेवा पाएपछि महिलाहरु खुशी भएका हुन् ।

गाउँमै विषेश सुविधा पाएपछि हेलम्बुको ईचोक बर्थिङ सेन्टरमा सुत्केरी गराउनेको संख्या बढेको छ । भिडियो एक्सरे, २४ सै घण्टा स्वास्थ्यकर्मीको व्यवस्था र गाउँपालिकाको विषेश आर्थिक सहयोग, एम्बुलेन्स सुविधा लगायतको व्यवस्थाले ग्रामीण महिला सुत्केरी गराउन बर्थिङ सेन्टरमा आउन थालेका हुन् ।
गाउँपालिकाका स्वास्थ्य शाखाका अनुसार दुईवर्ष अघि पाँच जना मात्र बर्थिङ सेन्टरमा सुत्केरी हुन आएका थिए । हाल चालू वर्षको नौ महिनामा झन्डै एक सय भन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी हुन आएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

गाउँपालिकाका सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने महिलालाई एम्बुलेन्स घरमा नै लिन पठाउने र सुत्केरी भएपछि घरमा नै पुर्याउने गरेको छ । सुरक्षित सुत्केरीका लागि स्वास्थ्यसंस्था आउने महिलालाई सरकारले प्रोत्साहन स्वरुप तीन हजार दिने गरेको छ ।

उक्त तीन हजारमा गाउँपलिकाले तीन हजार थप दिएर सुत्केरी हुन आउने महिलालाई थप प्रोत्साहन दिएको गाउँपालिकाका स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिग्देलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्