रिलिज हुनु अघि नै शाहरूखको डंकीले कमायो १०० करोड

मुम्बइ, १० मंशिर । शाहरुख खानको फिल्म डंकीको रिलिजको काउन्ट डाउन सुरु भएको छ ।

 

फिल्मको पहिलो झलकले जादू गर्यो भने अब शाहरुख खानको फिल्मको गीत पनि निकै रमाइलो देखिएको छ । फिल्मको क्रेज जारी छ र शाहरुखले यो वर्षको तेस्रो बिग ब्याङ बनाउन लागेको बताइएको छ ।

 

शाहरुखको पछिल्लो ६ वर्षको करियरलाई हेर्ने हो भने डंकी  सबैभन्दा कम बजेटको फिल्म हो तर रिलिज हुनुअघि नै सय करोड कमाइसकेको बताइएको छ ।

 

भारतीय मिडियाका अनुसुार चलचित्रले गैर थिएटर अधिकारबाट रिलिज हुनुअघि नै राम्रो कमाई गरिसकेको छ। अहिलेसम्म करिब १०० करोड कमाइसकेको जनाइएको छ । फिल्मको बजेटको कुरा गर्दा ८५ करोड भारु रहेको बताइएको छ ।

 

तर, यसमा निर्देशक राजकुमार हिरानी र मुख्य अभिनेता शाहरुख खानको शुल्क भने समावेश छैन । उनले फिल्मको नाफाबाट आफ्नो हिस्सा लिने र यो उनको पारिश्रमिक हुने बताइएको छ ।

 

फिल्म डंकीलाई दर्शकले जसरी प्रतिक्रिया दिइरहेका छन्, त्यसबाट फिल्मले बक्स अफिसमा हलचल मच्चाउने निश्चित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्