लकडाउन हटाए कोरोना भाइरस तिब्र रुपमा फैलिने विश्व स्वास्थ्य संगठनको चेतावनी

कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका देशले लकडाउन समाप्त गर्ने विषयमा सतर्क रहन आवश्यक भएको बताए ।

युरोपमा कोरोनाभाइरसको महामारीले इटली र स्पेन सबैभन्दा धेरै प्रभावित छ । यी देशले प्रतिबन्धमा थोरै ढिलाई गरेका थिए । यद्यपि, यहाँ लकडाउन अहिले पनि जारी छ । संसारभरी कोरोनाभाइरसको कूल १७ लाखको हाराहारीमा संक्रमित भेटिइसकेका छन् भने एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

जेनेभाको एक पत्रकार सम्मलेनमा टेड्रोसले भने, ‘हामी संसारभरीको सरकारसँग मिलेर लकडाउनको प्रतिबन्धलाई कम गर्ने रणनीतिमाथि काम गरिरहेका छौं । यसमा हतार गरिनु हुँदैन । हतार गरेर लकडाउन हटाउँदा संसारभरी मृत्यु हुनेको संख्यामा थप वृद्धि हुनसक्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्