काठमाडौँ – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुेनको संख्या २ सय ४९ पुगेको छ ।
वल्डाेमिटरको पछिल्लो तथ्याङ्कअनुसार भारतमा कोरोनाबाट संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ भने ७ सय ७४ जना उपचारपछि निको भइसकेका छन् । भारतमा अहिलेसम्म जम्मा १ लाख ८९ हजार १ सय ११ जनामा कोरोनाको परीक्षण गरिएको छ ।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ४९ पुग्यो, संक्रमितको संख्या ७ हजार ६ सय पुग्याे
![](https://upaharkhabar.com/wp-content/uploads/2020/04/india.jpg)