कोरोना अपडेटः मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, संक्रमितको संख्या १७ लाख नजिक

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ ।

वल्र्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख २ हजार ७ सय ३४ पुगेको छ ।

भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार ८ सय ४९ पुगेको छ । त्यस्तै अमेरिकामा पनि अहिलेसम्म १८ हजार ७ सय ४७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्पेनमा पनि १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या पनि १६ लाख ९९ हजार ६ सय ३१ पुगिसकेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्