प्रमुख सेनानी विष्टको शव लिन श्री एयरलाइन्सको जहाज सुडानकालागि उड्यो

FILE PHOTO

काठमाडौँ — हृदयघातबाट मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) रिदेश बिष्टको शव लिन श्री एयरलायन्सको जहाज शनिबार बिहान सुडानका लागि उडेको छ ।

संयुक्त राष्ट्रसंघको सुडान मिसनमा स्टाफ अफिसरका रुपमा खटिएका बिष्टको शव आइतबार दिउँसो काठमाडौं ल्याइने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
कोरोना भाइरसको महामारीका कारण विभिन्न मुलुकले गरेको लकडाउनका कारण यो चार्टर उडानको अनुमति लिन झन्डै दुई साता ढिलाइ भएको हो ।
सुडान पुग्न नेपाल हुदै उड्नुपर्ने मुलुकहरु भारत, पाकिस्तान, मस्कट, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभर फ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो । यो चार्टर उडानको खर्च संयुक्त राष्ट्र संघले बेहोर्ने सैनिक प्रवक्ता पाण्डेले  बताए ।

काठमाडौंबाट बिहान पौने ८ बजे उडेको यो विमान मस्कटमा इन्धन भर्न टेक्निकल ल्याण्डिङ गर्ने छ । त्यहाँ त्यहा इन्धन भरेर सुडानस्थित खारथुम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । फर्किँदा पनि मस्कटमा अवतरण गरेर भोलि दिउँसो मात्रै काठमाडौं फर्किने छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार यूएनको सुडान मिसनमा खटिएका प्रमुख सेनानी रिदेश विष्टको चैत १७ गते हृदयघातका कारण मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्