सागर धामी र गौरी भट्टको स्वरमा रहेको “मुटुमा छुरा हाणी” गीतको भिडियो सार्वजनिक

काठमाडाैं – चर्चित गायिका गौरी भट्ट र गायक सागर धामीको स्वरमा रहेको “मुटुमा छुरा हाणी” गीत सार्वजनिक भएको छ । सुदूर खबर वान युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो । सागर धामीको शब्द रहेको उक्त गीतलाई म्यूजिक अलिसा डिजिटल स्टुडियोले दिएको छ ।
सागर धामी, पुजा धामी र दिपेश मल्लको अभिनयमा रहेको उक्त गीत प्रेम प्रेमिकाबीचको प्रसंगमा आधारित रहेको छ । लामो समय प्रेम बन्धनमा रहेका प्रेमी छुट्टिएर अर्कैसँग विहे भएको पिडा गीतमा प्रस्तुत गरिएको छ । गीत निक्कै मार्मिक रहेकाले दर्शकहरुले मन पराउनेमा आफु विश्वस्त रहेको सुदूर खबर वानका प्रबन्धक प्रकाश कलौनीले विश्वास लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्