त्रिपुरासुन्दरीमा गाउँपालिकामा ६० लाखको आपतकालीन कोष

सुशील सुवेदी

सिन्धुपाल्चाेक –  कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले ६० लाख रुपैयाँको कोरोना रोकथाम कोष बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको पालिकाको विपत ब्यवस्थापान समिति बैठकले विभिन्न संघसंस्था तथा व्यक्तिले थप्न सक्ने गरि गाउँपालिकाले कोष सुरु गरीएको हो । गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले अहिले तत्कालको लागि ३० हजार, उपाध्यक्ष दुर्गा देवि नेपालले १५ हजार र ६ वटै वडाका अध्यक्षले १० हजारका दरले कोषमा रकम जम्मा गरेका छन् ।

कोरोना सक्रमण नियन्त्रण तथा रोकथाम कोष नामाकरण गरि गाउँपालिकाले संक्रमण फैलन नदिन रोकथाममा जुटेको हो । सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो रकम कोरोना रोकथामकै लागि खर्च गरिनेछ । विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसैबिच भारतबाट आएका धुस्कुन क्युरेनीका एक स्थानिलाई क्वारेनटाईनमा राखिएको छ । भारत बाट आउँदा आउदैछिमेकी हरुले क्वारेन्टाइन राख्न अनुरोध गरेपछी ति युवालार्ई क्वारेन्टाइनमा सुरक्षाको को लागि पठाइएको छ । गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले चड्ने गरेको गाडिमा राखेर पांग्रेटारस्थित ग्रामीण महिला शृजनसिल परीवारको भवनमा निमार्ण गरीएको क्वारेनटाईनमा राखिएको छ । रोजगारीको लागि भारत गएका ति युवक हिड्दै हिड्दै गाउँमा आईपुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्