तातोपानी नाका संचालनमा आयो, बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रियो

सिन्धुपाल्चोक – नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्