नेशनल प्याबसन काठमाडाैंले आयोजना गरेकाे नृत्य प्रतियोगितामा माउण्ट ग्लोरी स्कुल प्रथम

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाको आयोजनामा आयोजित उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा माउण्ट ग्लोरी स्कुल प्रथम भएको छ भने मनास्लु बोर्डिङ स्कुल द्धितीय भएको छ । यसैगरी विपुल शिक्षा सदन तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगि विद्यालयले क्रमशः रु. २५,०००/– २०,०००/– र रु. १५,०००/– का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको छ ।

यसैगरी गरी चौथो अर्किड प्युपल सेकेण्डरी स्कुल भएको छ भने पाँचौँ स्थान नेरिक एकेडेमीले प्राप्त गरेको छ । मिलन धर्मस्थली स्कुल छैटौँ, ग्रीनवीच एकेडेमी सातौँ, पीक प्वाइन्ट एकेडेमी आठौँ, ग्रीनफिल्ड नेशनल स्कुल नवौँ र पिपुल्स एकेडेमी दशौँ भएको छ । यसैगरी उत्कृष्ट भेषभुषाको अवार्ड विपुल शिक्षा सदनले प्राप्त गरेको छ भने उत्कृष्ट नृत्य संयोजनको अवार्ड माउण्ट ग्लोरी स्कुलले प्राप्त गरेको नेशनल प्याबसन काठमाडौँ जिल्ला सचिव अमृत खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा चौथोदेखि दसौं स्थानसम्मको नृत्यलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै, सर्वोत्कृष्ट भेषभुषा, सर्वोत्कृष्ट नृत्य निर्देशकलाई पनि प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगितामा ७५ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा विभिन्न विधाका पाँच जना निर्णायकलाई सहभागिता गराएको थियो । पाँचै जना निर्णयकहरुले फरक फरक विधाको मूल्यांकन गरेका थिए भने पाँचै जनाको निर्णयको अन्तिम अंक जोडेर नतिजा प्रकाशन गरिएको थियो । कार्यक्रममा नेशनल प्याबसन केन्द्रिय समिति अध्यक्ष पाण्डव हमाल, काठमाडौँ जिल्ला समिति अध्यक्ष खड्क बस्नेत, सचिव अमृत खड्का, काेषाध्यक्ष प्रेम कुमार भुजेल लगायत अन्य पदाधिकारी सहित ७५ वटै विद्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्