७५ विद्यालय सहभागि नृत्य प्रतियाेगितामा अर्किड स्कुल चाैथाे

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाको आयोजनामा आयोजित उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अर्किड प्युपल सेकेण्डरी स्कुल चौथो भएको छ । काठमाडौँको गोठाटारमा रहेको अर्किडक प्युपल स्कुल ७५ विद्यालय सहभागि प्रतियोगितामा चौथो भएको विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले जानकारी दिनुभयो ।

केहि दिन अगाडी नेक्सस स्कुलले आयोजना गरेको तीज विशेष नृत्य प्रतियोगितामा अर्किड स्कुलले उपाधी जितेको थियो । २२ भन्दा बढी स्कुल सहभागि प्रतियोगीताको उपाधी अर्किडले जितेको हो । जितसँगै नगर, ट्रफि तथा मेडल प्राप्त गरेको थियो ।
आज भएको प्रतियोगितामा माउण्ट ग्लोरी स्कुल प्रथम, मनास्लु बोर्डिङ स्कुल द्धितीय, विपुल शिक्षा सदन तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगि विद्यालयले क्रमशः रु. २५,०००/– २०,०००/– र रु. १५,०००/– का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको हो भने उत्कृष्ट दश स्थान प्राप्त गर्ने प्रतियोगिले ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेको हुन् ।

अर्किड स्कुलले नृत्यको क्षेत्रमा नानीबाबुहरुलाई पढाई सँगसँगै जोडेको तथा नृत्यलाई शैक्षिक गतिविधिसँग प्रत्यक्ष जोडिरहेका कारण विभिन्न संघसंस्थाले आयोजना गर्ने एकल तथा सामुहिक नृत्यमा कुनै न कुनै सफलता निरन्तर भइरहेको विद्यालयले जनाएको छ ।
विद्यालय स्थापानाकालदेखि नै नेपाली लोकसंस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावना विकसित भएका कारण र स्कुलले हरेक वर्ष अर्किड आइडल नृत्य प्रतियोगिता संचालन गरिरहेका कारण पनि विद्यार्थीहरु नृत्यकलामा अब्बल रहन सम्भव भएको र यसका अतिरिक्त अन्य विविध प्रतियोगिताहरुमा समेत विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्