धार्मिक तथा ऐतिहासिक सिउरो मेला आज बाट सुरु

बझाङ – बझाङको मष्टा गाउपालिका वडा नमबर ६ मा आजबाट धार्मिक तथा ऐतिहासिक सिउरो मेला महोत्सव सन्चालन भएको छ । परापुर्व काल देखी यस मष्टा गाउँपालिका वडा नमबर ६ मा मनाइदै आएको सिउरो मेला यस बर्ष पनि सोमबार बाट सुरु भएको हो ।यस मष्टा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिब बोहराको अध्यक्षतामाा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका माननीय सभामुख भिम भण्डारी रहनुभएको थियो ।

सभामुख भण्डारीले उद्रघाटन कार्यक्रममा बोल्दै मष्टा गाउपालिका वडा नमबर ६ मा रहेको रिलुचौर मावि लाइ आफ्नो पाँच बर्ष को कार्य अवधिमा नमुना बिद्यालय बनाउने र यहाको यातायात संचालन तथा पर्यटन प्रर्बधनको लागी आफुले पहल गर्ने बताउनुभयो । मेलाको अबसर पारी रैथाने बालीका विभिन्न किसिमका परिकार बनाएर मेलामा सहभागी दर्शक हरुलाइ स्वागत को लागि खुवाउने व्यवस्था गरिएको थियो।यस रैथाने बाली को परिकार को लागि साहारा नेपाल बझाङले पनि सहयोग गरेको थियो।यस रिउरो मेलामा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता आयोजना गरीएको छ । पुरुष तर्फ प्रथम हुनेले ५५ हजार ५ सय ५५,द्धितीय टिमले ४० हजार ५ सय ५५ , तृतीयले २५ हजार ५ सय ५५ पाउने भएका छन् भने महिला तर्फ प्रथम पुरुस्कार ३५ हनार ५ सय ५५ , द्धितीय २५ हजार ५ सय ५५ र तृतियले १५ हजार ५ सय ५५ नगद सहित ट्रफि मेडल प्राप्त गर्ने जनाइएको छ । कार्यक्रम मा विभिन्न पालिका अन्तर्गतका विभिन्न वडा बाट भलिबल प्रतियोगिता को लागि आपनो टिम सहभागी गराएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्