हेलम्बुमा पाँच दिनपछि सडक सुचारु

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका पाँचदिन पछि पुनः सडक सञ्जालसँग जोडिएको छ । विगत केहि दिनदेखि परेको अविरल वर्षाले मेलम्ची नदीमा बाढी आएपछि ग्याल्थुमको विद्यालयमा क्षति पुर्याउनका साथै सडक सञ्जाल टुटेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार पहिरो पन्छाएसँगै हेलम्बुको किउल बजारसम्म यातायात संचालन गरिएको छ । सडक अवरुछ हुँदा जनजीवन सकसपूर्ण बनेको थियो । ‘विरामीहरु काठमाडौँ लैजान र पब्लिकका लागि पनि ठुलो समस्या भएको थियो’ अध्यक्ष शेर्पाले भने, ‘अहिले बाटो खुलेपछि जनताहरुले केहि राहत महसुस गरेका छन् ।’ बाटो खेलेपछि रोकिएका सवारीसाधनहरु आफ्नो गन्तव्यमा गएका थिए । सडकको माथिबाट ढुंगा खस्दा यात्रुहरुलाई चोटपटक लाग्ने जोखिम भने कायमै रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्