सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछ : मन्त्री साउद

File Photo

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः जीवन दिनेगरी छलफल हुन लागेको बताउनुभएको छ ।

सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जाँदा अनौपचारिक रुपमा परराष्ट्रमन्त्री स्तरको छलफल हुने र सो छलफलले सार्कलाई पुनःजीवन दिने दाबी गर्नुभयो । उहाँले सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय भइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सार्कका बारेमा पनि नेपालका आफ्ना दायित्वहरु रही आएका छन् । सार्कको अहिलेको स्थितिका बारेमा विज्ञ नै हुनुहुन्छ । आगामी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा राष्ट्रिय प्रतिनिधि मण्डल जानु हुँदैछ । नेपालको तर्फबाट अनौपचारिक रुपमा भएपनि परराष्ट्रमन्त्रीहरुको एउटा बैठक हामीले बोलाएका छौँ । त्यस बैठकले सार्कलाई पुनःजीवन दिनेछ, गतिशिलता दिनेछ । सार्क राष्ट्रहरुले सहमतिले नै पुरानो महासचिवको पदावधि समाप्त भइसकेपछि नयाँ महासचिव नियुक्त गर्ने हामीले निर्णय गरेका छौँ । यसले पनि सार्क जीवित रहन्छ । यो अघि बढ्छ ।’

मन्त्री साउदले कुनैपनि राजनीतिक दलले परराष्ट्र नीति फरक फरक गर्नु नहुने बताउनु भयो । सरकारको माध्यमबाट परराष्ट्र नीति बनेको खण्डमा मात्रै देश मजबुत हुने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्