प्रतिनिधि सभामा आज प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने

काठमाडौँ – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार (आज) बिहान ११ बजे बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरको कार्यसूची रहेको छ।

‘प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने छ,’ संसद्को सम्भावित कार्यसूचीमा उल्लेख छ।

आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने संसद् सचिवालयले जानकारी दिएको छ। त्यस्तै आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्