गायिका रेखा जोशीको तीज गीत ‘मेरो लागि मर्ने केटो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं – गायिका रेखा जोशीले तीज गीत सार्वजनिक गरेकी छिन् । गायक भागिरथ चलाउनेसँग स्वरमा सहकार्य गर्दै ‘मेरो लागि मर्ने केटो’ बोलको गीत सार्वजनिक भएको छ । भगीरथ चलाउनेको आधिकारिक युट्युब च्यानलबाट उक्त गित सार्वजनिक भएको हो । एक दिनमै करिब एक लाख दर्शकले हेरिसकेको उक्त गित निक्कै लोकप्रीय बनेको छ ।

उक्त गीतमा गायक भगीरथ चलाउने सँगै मोडेल करिष्मा ढकालको अभिनय रहेको छ । भागिरथकै शब्द एवं संगीत रहेको गीतलाई एरेन्ज विनोद भने बाजुरालीले गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन तथा विकास ज्ञवालीले सम्पादन गरेको यो गीत मालाश्री स्टुडियोमा रेकर्ड भएको छ । जसमा विनोद बाजुरालीले एरेन्ज गरेका छन ।

गीतमा मलाई भगाउने कोहि छैन एउटा केटा खोजी दिनुपर्यो भनी आमाबुवालाई गुहारेको छ । मेरो लागि मर्ने केटो मनै परेन, मलाई मन परेकोले वास्तै नगरेको भनि गीतलाई मिठासता दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्