लगडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्याईएका २४ जना स्वास्थ्य परिक्षण पछि घर फर्किए

सुशील सुवेदी
सिन्धुपाल्चोक – लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पु¥याईएका २४ जना शनिवार घर पठाईएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाँउपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामिण महिला सिर्जनशीलमा रहेको क्षेत्रिय क्वारेन्टाईन वाट स्वास्थ्य जाँच गरी घर पठाईएको हो ।

उल्लङ्घनकर्ता लाई सम्वन्धित वडाका अध्यक्षले नियमित स्वास्थ्य जाँच तथा सेल्फ क्वारेन्टाईनमा वस्ने सर्त सहित जिम्मेवारी दिई पठाईएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । राजधानीको विभिन्न ठाँउमा पेशा व्यवसाय गरी वसेको प्रमाण जुटाई कोरोना सँग मिल्दो कुनै लक्षण नभेटिएको डक्टरको सिफारिसको आधारमा आफ्नो आफ्नो घर पठाईएको समेत तामाङले जानकारी दिए ।

उनीहरुलाई चैत्र २० गते लगडाउनको नियम मिचेर काठमाण्डौ वाट वाह्रविसे जाँदै गर्दा तीन वटा वलेरो पिक अप वाट नियन्त्रण गरी प्रहरीले क्वारेन्टाईन पु¥याएको थियो । २४ मध्ये एक जना चौतारा साँगाचोक गढी नगरपालिका, एक त्रिपुरा सुन्दरी गाँउपालिका र अधिकांश वाह्रविसे नगरपालिकाका रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्