विश्वभरी कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, ६४ हजार भन्दा बढीको मृत्यु

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ७८ पुगेको छ ।

विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ५ हजार ५ सय ४ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या १२ लाख १ हजार ४७३ पुगेको छ । २४ घण्टाको अवधिमा ८४ हजार ८१२ नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ लाख ४६ हजार ३८३ जना उपचारगरि घर फर्किएका छन् । अहिले ८ लाख ९० हजार ४१२ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये ४२ हजार २८८ को अवस्था गम्भीर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्