सुदूरपश्चिम प्रदेशमा १ सय ५१ जनाको कोरोना परीक्षण, झण्डै ३ प्रतिशत संक्रमित

कैलाली – सुदूरपश्चिम प्रदेशमा ३ दिनमा १ सय ५१ जनाको कोरोना परीक्षण भएको छ । सेती प्रादेशिक अस्पताल सहितका अस्पताल र विभिन्न क्वारेन्टाईनबाट एक सय ६९ जनाको थ्रोट स्वाब संकलन गरी परिक्षणका लागि पठाएकोमा अहिले सम्म १ सय ५१ जनाको नमूना परीक्षण गरिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थ्रोट स्वाव संकलन गरी पठाईएका १८ जनाको रिपोर्ट आउन बाँकी छ ।

एक सय ५१ जनाको परीक्षण रिर्पोट आएकोमा चार जना अर्थात २ दशमलव ६५ प्रतिशमा कोरोना देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले एक सय ५१ जनाको रिर्पोट आएकोमा चार जना बाहेक एक सय ४७ को रिर्पोट नेगेटीभ देखिएको बताए । रिर्पोट आउन बाँकी १८ जनामा कैलाली सहित विभिन्न जिल्लाका रहेका छन् ।

यस्तै परीक्षण भएका झण्डै तीन प्रतिशतमा कोरोना देखिएपछि सरकारले कैलाली, कञ्चनपुरमा कोरोना भाइरसको ¥यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्