लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक अन्यौलमा

कैलाली – कुनैपनि लक्षणविना नै कोरोना संक्रमण देखिन थालेपछि चिकित्सक कस्ता विरामीको नमूना संकलन गर्ने बारे अन्योलमा परेका छन् । धनगढीकी ३४ बर्षीय महिलामा विना कुनै लक्षण कोरोना भाइरस पोजेटिभ भेटिएपछि नमूना संकलनमा अन्योलता बढेको छ ।

कोराना भाईरस (कोभिड १९) को संक्रमण देखिएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३४ बर्षीय युवकका भाउजुलाई विना कुनै लक्षण कोरोना ’पोजेटिभ’ देखिएको हो । कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।

तर ति महिलामा विना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सहरुले बताएका छन् । सेती अस्पतालका आकस्मिक बिभाग प्रमुख चिकित्सक जगदिश जोशीका अनुसार ति महिलामा कोरोना भाईरसको कुनै पनि लक्षण देखिएको थिएन तर सं्रक्रमितकै परिवारकी सदस्य भएका कारण नमूना संकलन गरिएको थियो ।

उनले शनिवार मात्रै कोरोना पुष्टि भएका अन्य दुई जनामा पनि कोरोनाको खासै लक्षण देखिएको छैन् । यसअघि कोरोना भाईरस कोभिड १९ को संक्रमण भएका धनगढीका ३४ बर्षिय युवाका परिवारलाई लक्षण देखा नपरेको भन्दै नमूना संकलन नगरी घर पठाईएको थियो । पछि अस्पताल बोलाएर नमूना संकलन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्