बेदकोट नगरपालिकालाई व्यवसायीहरुले गरे खाद्यान्न हस्तान्तरण

कञ्चनपुर – साना किसान सहकारी संस्था लिमिटेड सुडा र दैजीका अध्यक्षद्वय धर्मसिंह कुँवर र विरेन्द्र शाहले बेदकोट नगरपालिकालाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
शनिबार वेदकोट नगरपालिकाको प्रमुख अशोककुमार चन्दलाई अध्यक्षद्वयले खाद्यान्न समाग्री हस्तानगरण गरेको हो । ४० क्विन्टल चामल, २ सय २० किलोग्राम दाल, ५० लिटर तेल, २ सय किलोग्राम नुन सहकारीका अध्यक्षद्वयले नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । त्यस्तै व्यवसायिक व्यक्ति रघुविर लेखकले १ सय केजी चामल र १० केजी दाल हस्तान्तरण गर्नुभएको थियो भने अर्का व्यवसायी मुरारी गुप्ताले ५० केजी चामल राहत स्वरुप नगर प्रमुख चन्दलाई हस्तान्तरण गरेका छन् । बेदकोट नगरपालिकाले राहत समाग्री वितरण र संकलनमा विशेष जोड दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्