बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय नाघ्यो, झण्डै ४२ हजार संक्रमित

लन्डन – बेलायतमा कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ५३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा कोरोना संक्रमणका कारण ७ सय ८ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य विभागले जनाए अनुसार अहिलेसम्म ४१ हजार ९ सय ३ जना कोरोना भाइरसको शिकार बनिसकेका छन् ।

संक्रमित हुनेको संख्या हिजोसम्म ३८ हजार १ सय ६८ रहेको थियो । कोरोना संक्रमितको संख्या दैनिक १७ प्रतिशतको बढ्ने गरेको बताइएको छ । बढ्दो संक्रमणलाई ध्यानमा राख्दै लकडाउनको पूर्ण रुपमा पालना गर्न सरकारले बेलायतवासीलाई कडा चेतावनी दिंदै आइरहेको छ ।

विश्वभरीमा कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या ६१ हजार नाघिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्