इन्द्रावती गाउँपालिकामा मा ५० लाखको कोरोना रोकथाम कोष

सुशील सुवेदी

सिन्धुपाल्चाेक –  विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) लाई फैलन नदिन पूर्व तयारीका लागि इन्द्रावती गाउँपालिकाले ५० लाख रुपैयाँको कोष खडा गरेको छ ।

कोरोना रोकथाम कोष नामाकरण गरि गाउँपालिकाले भाइरस संक्रमण फैलन नदिन रोकथाममा जुटेको हो । नेपालमा कोरोना संत्रमण देखिनुअगावै गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिन थालेको थियो । गाउँपालिकामा आफैसँग कोष खडा गर्न यो रकम पर्याप्त नभएकाले संघीय, प्रदेश र विभिन्न स्रोत जुटाएर कोषको सुरुआत गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

यो रकम कोरोना रोकथामकै लागि खर्चिनेछ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिवसमेत रहेका इन्द्रँवती गाउँपालिकाका अध्यक्ष तामाङले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि संक्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिए । इन्द्रावतीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पीपीइ, सेनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ । गाउँपालिकामा रहेका स्थानीयलाई पनि सामग्री वितरण भएको उनले जानकारी दिए । आवश्यक परेको खण्डमा गाउँपालिकाले थप सामग्री वितरणलगायत पूर्वतयारी गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्