लोकल स्ट्रान्समिसन : नेपालमा पहिलो पटक स्थानीयमा पनि देखियो कोरोना संक्रमण

काठमाडौं – नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार मन्त्रालयको आधिकारिक फेसबुक पेज मार्फत तीन जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ । जसमध्ये दुई जना भारतबाट आएका हुन् भने एक स्थानीय महिला हुन् । उनी यसअघि संक्रमण देखिएका पुरुषका आफन्त हुन् ।

यसअघि नेपालमा जति संक्रमण देखिएको थियो, सबै विदेशबाट आएका नेपालीहरु थिए ।

तर कैलालीमा विदेशबाट आएका संक्रमितबाट स्थानीयमा सरेको पाइएको छ । लोकल स्ट्रान्समिसन भनिन्छ, जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ ।

तेस्रो कम्युनिटी ट्रान्समिसन हो, जसले महामारीको चरणमा पुर्याउन भूमिका खेल्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्