सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं – कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार मन्त्रालयको आधिकारिक फेसबुकपेज बाट कैलाली र कञ्चनपुरमा कोरोना संक्रमित भेटिएको जानकारी दिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एक जना कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) हुन भने २ जना बाहिरबाट आएका हुन् । बाहिरबाट आएका मध्ये एक जना मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष हुन् भने अर्को एक जना भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्