शाेकको घडीमा चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्दछु : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

कोरोना भाइरसको सामना गर्दागर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले शनिबार आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नेपाल सरकार, नेपाली जनता र आफ्ना तर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनुभएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्