सावधान !! लक्षण नदेखिएका व्यक्तिहरुमा पनि कोरोना संक्रमण हुनसक्छ

काठमाडौ – कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै तरंगित बनाएको छ । चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २ सय ५ मुलुकमा फैलिएको छ । हालसम्म विश्वभरी १० लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् भने ५० हजार भन्दा बढीले ज्यान गुमाइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोना भाइरसबाट सबै भन्दा बढी प्रभावित युरोप बनेको छ । १० लाख संक्रमित मध्ये झण्डै एक चौथाई अमेरिकामा मात्रै छन् । विश्वभर कोरोना भाइरस नियन्त्रणभन्दा बाहिर गइरहेको बेला नेपालमा पनि ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । शनिबार एकै दिन सुदूरपश्चिममा ३ जनामा कोरोना पुष्टि भए सँगै संक्रमितको संख्या ९ पुगेको हो ।

नेपाल सरकारले कोरोना रोकथामका लागि उच्च स्तरीय समिति गठन गरे पनि विभिन्न स्वास्थ्य सामाग्रीको अभावमा तिव्र गतिमा कोरोनाको परीक्षण गर्न सकेको छैन हाल सम्म १३६५ जनाको नमुना परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सरकारले कोरोनाको लक्षण देखिएका व्यक्तिहरुमा मात्रै परीक्षण गरेको पाइएको छ । तर एक अध्ययनले कोरोना भाइरस संक्रमित व्यक्तिहरुलाई लक्षण नै नदेखिने गरेको समेत देखाएको छ ।

चीनमा गरिएको अध्ययनले देखाएअनुसार यो भाइरसको संक्रमणका असरहरु २.५ दिनमा देखापर्न थाल्छ । त्यो अवधिमा संक्रमणका लक्षणहरु देखापर्नुभन्दा १५ घण्टा पहिले नै चरम अवस्थामा पुग्छ । तीमध्ये पनि विरामी पर्ने धेरैमा संक्रमणका लक्षणहरु सामान्य नै देखिन्छन् र त्यो विस्तारै विकसित हुँदै जान्छ । यद्यपि हाल सरदर ३० प्रतिशत संक्रमितमा लक्षणहरु प्रष्ट नदेखिने विभिन्न अध्ययनले देखाएको छ ।

भारतको राजीव गान्धी सुपर स्पेशियलिटी हस्पिटल नयाँ दिल्लीका निर्देशक प्रो। बीएल शेरवालका अनुसार लक्षणविनाका संक्रमितले समाजमा निकै ठूलो खतरा सिर्जना गर्दछन् । उनीहरुलाई आफू संक्रमित भएकोसमेत महसुस नहुने भएका कारण समाज तथा घरपरिवारमा उनीहरु घुलमिल भइरहने र नजानिँदो किसिमले अरुलाई संक्रमण फैलाइरहने भूमिकामा करिब तीन सातासम्म सक्रिय भइरहन्छन् । परिणामस्वरुप अरुमा तीव्र रुपमा यो भाइरस फैलने डर कायम रहन्छ ।

वृद्धवृद्धा तथा बालबालिकाको तुलनामा युवा वर्गमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गर्दछ । त्यसैले युवा वर्गको शरीरमा भाइरस प्रवेश गर्नासाथ उनीहरुको शरीरको रोग प्रतिरोधात्मक शक्तिले उक्त भाइरसविरुद्ध लड्न थाल्छ र संक्रमणको लक्षण देखा पर्न समय लाग्न सक्छ । जबकि, वृद्धवृद्धाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएका कारण उनीहरुमा चाँडै नै संक्रमणको लक्षण देखा पर्दछ । कोरोनाको संक्रमण बाट बच्नको लागि सामाजिक दुरी कायम गरौँ भेटघाट बन्द गरौँ, पटक पटक साबुन पानी हात धुने बानी बसालौँ । – एजेन्सीको सहयाेगमा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्