दयाहाङसँगै ‘नीरफूल’ हेर्न हलमा पुगेका मन्त्री किराती भन्छन् – सामाजिक, सांस्कृतिक सवाल बेजोड

काठमाडौं – दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’लाई ‘हाइप्रोफाइल’ दर्शकको साथ मिल्ने क्रम जारी छ । यो मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शनिबार कलाकारहरुसँगै यो फिल्म हेरे ।

मन्त्री किरातीसँगै फिल्म हेर्न निर्देशक फूलमान वल, अभिनेताद्धय दयाहाङ र बुद्धि तामाङ सिभिल मलस्थित क्यूएफएक्सको हलमा पुगेका थिए । पुरै समय बिताएर फिल्म हेरेका मन्त्री किरातीले फिल्म हेरेपछि फिल्मको प्रशंसा गरेका छन् ।

मन्त्री किरातीले फेसबुकमार्फत तस्वीर सेयर गर्दै फिल्मको प्रशंसामा पोस्ट लेखेका छन् । उनी लेख्छन्, ‘ चलचित्र नीरफूल हेरे पछि ! भुकम्पले सामाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठुलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएर गएको छ । मुख्यतः शहर र गाउँ बीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ ।’

२०७२ सालको भूकम्पको सेटिङमा कथा भनिएको फिल्मले उक्त विपत्तिपछि धादिङको रुबीभ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र विछोडको दुर्दान्त पेश गर्छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार फिल्मले २४ लाख हाराहारीमा कमाइ गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्