कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेठ ६ गते स्वास्थ्य शिविर हुने

काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जेठ ६ गते स्वास्थ्य शिविर हुने भएको छ ।
कागेश्वरी मनोहरा वडा नं. ९मा रहेको गान्धी आदर्श विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरिएको वडा अध्यक्ष अनिल थापाले जानकारी दिए । वडा अध्यक्ष थापाका अनुसार शिविरमा प्रजनन, रुग्णता, महिला स्वास्थ्य शिविर, अभिमुखिकरण तथा भीआइए परीक्षण हुनेछ ।
शिविर नेपाल परिवार नियोजन संघ उपत्यका शाखा जडिबुटीको प्राविधिक सहयोगमा संचालन हुन लागेको हो । अध्यक्ष थापाले सम्पूर्ण महिलाहरुले शिविरमा उपस्थित भएर लाभ लिन समेत आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्