दार्चुलाको मार्मामा १० शैय्याको अस्पतालको शिलान्यास

काठमाडौँ – दार्चुलाको मार्मा गाउँपालिकामा १० शैय्याको अस्पतालको शिलान्यास गरिएको छ ।
बुधबार एक कार्याक्रमकाबीच वडा नम्बर २ घट्टेगाडमा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले अस्पतालको शिलान्यास गरेका हुन् । अस्पताल निर्मााण सम्पन्न भएपश्चात यस क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच हुने गाउँपालिकाले जनाएको छ ।

झण्डै १४ कराेड लगानीमा निर्माण सम्पन्न हुने १० शैयाकाे अस्पताल आगामी २ बर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । निर्माण  पश्चात् आधारभूत स्वास्थ्य सेवाको लागि मार्मा गाउँपादलिका र अपि हिमाल गाउँपालिकाकाे लागि यो अस्पतालले महत्त्वपूर्ण भुमिका खेल्ने छ विश्वास गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला सिंह लगायत सरोकारवाहरुको सपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्