आगामी तीन दिनको मौसम कस्तो रहला ? यस्तो भन्छ विभाग !

काठमाडौँ – जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अझै तीन दिन बदली रहने जनाएको छ।

पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया सफा रहेको छ। काठ‍माडौै उपत्यकामा विहानैदेखि बादल लागेका कारण भिजिविलिटी कम रहेको छ।

दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भाग भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राती कोशी प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ। मौसमको यो क्रम आगामी तीन दिनसम्मै जारी रहने महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्