भारतमा लडाकु विमान दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् ।

भारतीय वायुसेनाका अनुसार विमान चालक दुर्घटना हुनुभन्दा पहिला नै प्यारासुटमार्फत विमानबाट निस्किएका थिए । त्यसैले उनी सकुशल छन् । बहलोल नगर क्षेत्रको एउटा घरमा विमान खसेको थियो । वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्