परराष्ट्र मन्त्रालका सुब्बा बेगनास ताल किनारमा मृत फेला

सांकेतिक तस्बिर

काठमाडौँ – पोखरामा परराष्ट्र मन्त्रालमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्।

सोमबार बिहान साढे ८ बजेतिर बेगनास ताल किनारमा उदयपुर घर हुने ३१ वर्षीय अनुप भण्डारी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनी तालको किनारमा घोप्टो परेको अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार उनी परराष्ट्र मन्त्रालयको राहदानी विभागको भेरिफिकेशन काउन्टरमा कार्यरत नायब सुब्बा हुन्।

उनको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्