५/६ सय जनाको लागि क्वारेन्टाइनको व्यवस्था गर्न सम्भव छैन : नगर प्रमुख भट्ट

दार्चुलाको महाकाली नगरपालिकाले ५/६ सय जनाको लागि क्वारेन्टाइनको व्यवस्था गर्न सम्भव नरहेको बताएको छ ।

मंगलबार उपहारखबरसँग कुरा गर्दै नगर प्रमखु हंसराज भट्टले भारतको धारचुलामा अपलत्र नागरिकको जिम्मेवारी सम्बन्धित स्थानीय तहहरुले लिनुपर्ने बताउदै नगरपालिकामा मात्रै ५÷६ सय क्वारेन्टाइनको व्यवस्था गर्न नसकिने बताएका हुन् तर संघीय सरकारले भने प्रत्येक नगरपालिका र गाउँपालिकाले ५ सय देखि १ हजार क्वारेन्टाइन अनिवार्य बनाउन भनेको छ, तर यता महाकाली नगरपालिकाले ५० शैय्याको क्वारेन्टाइन बनाएको नगर प्रमुख भट्टले बताए ।

नगरपालिकाले विपद् दस्ता भनेर स्वास्थ्यकर्मी सहितको टोली बनाएर काम गरिहरको छ भने सहि सुचना र जानकारीका लागि २४ घण्टा सेवा उपलब्ध हुने गरि १६६०–९३–४२१३७ नम्बर टोल फ्री समेत राखेको छ । खाद्यान्नमा आउने संकटलाई मध्यनजर गर्दै नगरपालिकाले २ सय क्वीन्टल चामल, दाल र तेलको मौज्दात राखेको प्रमुख भट्टले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्