पाँचपोखरी थाङपाल गाउँपालिकाले स्वास्थ्य परीक्षण गर्न घुम्ती स्वास्थ्य चेकजाँच गर्ने

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले लकडाउनलाई वडा स्तरमा पूर्ण पालना र थप प्रभावकारी बनाउनका लागि सुरक्षा निकायहरुमा अनुरोध गर्ने निर्णय गरेको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा बसेको ७८औँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । बैठक ग्रुप भिडियो मार्फत संचालन गरिएको थियो । बैठकले यहि चैत २२ गते बस्ने भनिएको छैटौँ गाउँसभालाई सहज वातावरण नहुन्जेल सम्मकालागि स्थगित गर्ने निर्णय गरेको छ ।
विदेशबाट आएका नागरिकहरुको स्वास्थ्य परीक्षण गर्न घुम्ती स्वास्थ्य चेकजाँच गर्ने र त्यस्ता व्यक्तिलाई सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने र होम क्वारेन्टाइनमा बस्न नसक्नेलाई तिपेनीमा स्थापना भएको क्वारेन्टाइनमा राख्ने जस्ता निर्णयहरु समेत गाउँपालिको गरेको छ ।

गाउँपालिकाको आइसोलेसन स्थापना र संचालनको लागि मेलम्ची नगरपालिकासँग सहकार्य र साझेदारी गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लामाले उपहारखबरलाई जानकारी दिए । वडा स्तरमा आपुर्ति र खाद्यान्नलाई सहज बनाउन स्थानीय प्रहरी सहित वडा अध्यक्षको संयोजकत्व रहने गरि समिति गठन गरि परिचालन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको अध्यक्ष लामाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्