मेलम्चीमा अलपत्र परेका कामदारहरु घर फिर्ता

सुशील सुवेदी
सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र यस आसपास रहेर काम गर्ने मजदुर हरुलाइ घर पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण काम रोकिएर अलपत्र परेका ९८ जना कामदारलाइ पासको ब्यबस्था गरि घर पठाइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।

चितवन, बर्दीया, बाँके, सिन्धुली, सप्तरी, रुकुम, सल्यान, धादिङ, जाजरकोट, काठमाण्डौ, गोरखा र मकवानपुर घर भई यस क्षेत्र अन्तरगत पर्ने मेलम्ची–भोताङ, मेलम्ची – धाप सडक खण्डमा निर्माण कार्य गर्ने र याङग्री लार्के सडक खण्ड निर्माणको काम गर्ने ९८ जना कामदारहरुलाई घर पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक चौताराबाट पासको ब्यवस्था मिलाई बा४ ख ७७६६, बा४ख ५८१५ बा३ख १७४७ र भे१ २६३६ नं।को गाडि भाडामा खाजेर आ–आफ्नो घर पठाइएको तामाङले जानकारी दिए । काम नभएर अलपत्र परेका कामदारहरुले आफ्नो घर जानपाएकोमा खुशि ब्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्