एनसेलले ४ अर्ब ६० करोड लाभकर तिर्यो

काठमाडौं – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।

मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिए ।

कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकोमा एनसेलले यसअघि चार अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।

अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउन सकिए लगत्तै तिर्न आग्रह गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्