पुष्पा २ फिल्ममा अल्लु अर्जुन देखेर बाघ दुई कदम पछाडी

काठमाडौं – पुष्पा २ फिल्मको टिजर सार्वजनिक भएको छ । साउथ फिल्म इन्डस्ट्रीजमा ख्याती कमाएको पुष्पा २ को टिजरमा अभिनेता अल्लु अर्जुन पुष्पाको भूमिकामा देखिएका छन् । पुष्पाको परिचय सहितको ३ मिनेट लामो टिजरमा एक घनघोर जंगलमा पुष्पाको भेट बाघसँग भएको देखाइएको छ । जसमा पुष्पा देखेर बाघ समेत दुई कदम पछाडी सरेको छ ।

फिल्मको भाग एक नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो । सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्मले अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित गर्न भूमिका खेल्यो ।  यस फिल्मलाई उसन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्