मालिकार्जुनमा कसैले भोकै बस्नुपर्ने अवस्था आउँदैन, स्थानीय सरकारको प्रत्याभुति दिन्छौँ : अध्यक्ष धामी

गणेशसिंह धामी

दार्चुला –  कारोनाको महामारीले विश्व नै तरंगित भइरहेका बेला यसको असर गाउँतिर समेत नराम्रो परेको छ ।
नेपाल सरकारले कोरोनाको रोकथामका लागि देश लकडाउन गरेको छ । सरकारले कारोनाको रोकथामको व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित स्थानीय तहहरुलाइ दिएको छ । संघीय सरकारले दिएको निर्देशन अनुसार नै दार्चुलाको मालिकार्जुन गाउँपालिकाले कोरोना रोकथामको लागि गाउँ–गाउँमा विभिन्न कार्यहरु गर्दै आएको छ । गाउँपालिकाले अहिले सम्म १५ शैय्याको क्वारेन्टाइन निर्माण गरेको छ ।

शंकरपुर मावि पस्तीमा ७ वटा र गाराडा मावि बाकुमा ८ वटा गरेर १५ शैय्याको क्वोन्टाइन निर्माण गरेको हो । वडा नं. १ भर्तोला, वडा नं. ३ चैतलीचौर, वडा नं. ६ बाकु, वडा नं. ७ जौलजीवी, र वडा नं. ८ शंकरपुर गरि गाउँपालिका भरी पाँँच ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले उपहार खबरलाई बताए ।

उनले भने, “जनप्रतिनिधिहरुको एक्लो प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न कठिन छ, जनताहरुले पनि संयमित भएर बसिदिनु प¥यो” । सोमबार बेलुका ८ बजे सम्ममा गाउँपालिका भरि भारत र तेस्रोमुलक बाट गाउँ फर्केका २ सय ६० जना फेला परेको र अझै पनि तथ्याङ्क संकलनको काम जारी रहेको अध्यक्ष धामीले बताए । सबै स्वास्थ्य संस्थाहरुमा नागरिक सचेतना केन्द्र राखिएको छ ।

अहिले सम्म गाउँपालिकाले २ हजार मास्क वितरण गरि सकेको छ भने वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा साबुन पानीले हात धुने व्यवस्था समेत गरिएको छ । ८ वटै वडाहरुमा लकडाउन प्रभावकारी समन्वय समिति गठन गरि लकडाउनको पूर्ण पालना गर्न समेत जनताहरुलाई सुझाएको अध्यक्ष धामीले जानकारी दिए ।

। दैनिक ज्यालादारी गरेर छाक टार्ने विपन्न वर्गको तथ्याङ्क बुधबार सम्म संकलन भइसक्ने र त्यस्तो वर्गलाई खाद्यान्नको व्यवस्था गाउँपालको गर्ने अध्यक्ष धामीले बताए । अध्यक्ष धामीले उपहार खबरलाई फेरि भने, “कसैले भोकै बस्नु पर्दैन, भोकै बस्नुपर्ने अवस्था आए खबर गर्नुहोस् स्थानीय सरकारको प्रत्याभुति हामी दिन्छौ ।” अध्यक्ष धामी आफै गाउँ–गाउँमा गएर कोरोना रोकथामको लागि जनचेतना फैलाइरहेका छन् ।

गाउँगाउँमा काेराेना सम्बन्धी चेतना फैलाउन जादै अध्यक्ष धामी
गाउँगाउँमा काेराेना सम्बन्धी चेतना फैलाउन जादै अध्यक्ष धामी

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्